९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

तीनकुनेको गैह्रीगाउँ स्थिति स–मिलमा खुकुरी प्रहार गरी चार जनाको हत्या



काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थिति एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ ।

हत्या गरिएकामा एकै परिवारका तीन सहित चार जना छन् । हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा ७० वर्षीय सुभद्रा भुजेल र श्रीमती अम्बिका भुजेल रहेका छन् । मोरङका १९ वर्षीय नवीन राईको पनि सोही स–मिल भित्र हत्या गरिएको छ ।

तीनकुनेको गैह्रीगाउँस्थित दिव्य स–मिलमा गए राति १२ बजेतिर उनीहरूको हत्या गरिएको हो । सो स–मिल नेकपा एमाले दोलखाका नेता बालकृष्ण सिवाकोटीको हो । स–मिलभित्र चार जनाको हत्या गरी एउटा कुनामा लास थुपारेको अवस्थामा फेला परेको छ ।

हत्या गरिएका भुजेल लामो समयदेखि परिवारसहित सोही स–मिलभित्रै बस्दै आएका थिए । हत्या गर्ने व्यक्तिको पहिचान हुन नसकेको काठमाडौं प्रहरीले जनाएको छ । घटनाको उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.