काठमाण्डौँ । सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा भाग लिन भोलि शनिबार जाँदैछन् । प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर सीधै चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ।