भक्तपुर । भक्तपुरको सूर्य विनायक नगरपालिका १० चित्तापोलस्थित एक युवक मृत फेला परेका छन् । झोलुंगे पुलको तल्लो भित्री सडक खण्डमा मृत अवस्थामा फेला परेका हुन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ३ घर भई हाल काभ्रेको बनेपा १३ नयाँ बस्ती साँगा बस्दै आएका २३ बर्षिय सैलेश भारती घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पुलमा १ जोर जुत्ता, एउटा मोजा र मृतक नजिक अर्को एउटा मोजा फेला परेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको बताइएको छ ।