९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

देशभरका शैक्षिक संस्था बन्द गर्ने शिक्षक महासंघको घोषणा



काठमाण्डौ । नेपाल शिक्षक महासंघले देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरेर आगामी असोज ३ गते देखि विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।

महासंघले शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो। महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताएकी छिन् । उनले पटक पटकको संवाद र छलफल पछि पनि सरकारले यो विधेयक मार्फत शिक्षक,कर्मचारीलाई धोका दिएको बताएकी हुन् ।

उनका अनुसार उक्त विधेयकले एकातिर स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षकलगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुल भूत मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन।

उनीहरूले विभिन्न १७ वटा मागहरू राखेका छन्।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ५ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.