३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

मिड सोलु हाइड्रोपावरको शेयर (आईपीओ) आजदेखि खुल्यो



सोलुखुम्बु । मिड सोलु हाइड्रोपावर (मध्य सोलु जलविद्युत) लिमिटेडले आज शुक्रबारबाट प्राथमिक शेयर (आईपीओ) आवेदन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न गरेको छ । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशतले हुने १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

त्यसमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.