८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सबैका लागि न्याय सुनिश्चित गर्ने : प्रस्तावित न्यायाधीश शर्मा



काठमाण्डौ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन् । आफ्नो भावी योजना प्रस्तुत गर्दै शर्माले यस्तो बताएका हुन् ।

आज शुक्रवार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा उनले सवैको पक्षमा न्याय सुनिश्चित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रश्तावित न्यायाधीश शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने पनि बताएका छन् ।

उनलाई न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उहाँलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ३ : २१ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.