३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

सरकारले माग सम्बोधन नगरेको भन्दै बञ्चरेडाँडा ल्याण्डफिलका प्रभावितद्धारा आन्दोलनको स्वरूप परिवर्तन



काठमाण्डौ । सरकारले माग सम्बोधन नगरेको भन्दै बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । स्थानीयले राखेको माग सम्बोधन नगरेको भन्दै उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन् ।

आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले महानगरपालिकाले सत्य तथ्य लुकाउने उद्देश्यले गन्ध निरोधक औषधि प्रयोग गरेर प्रभावित क्षेत्र दूषित तथा नकारात्मक प्रभाव नरहेको भन्ने प्रतिवेदन लेखन गर्न दबाब गरेको बुझिएको बताएको छ ।

यस्तै समितिले त्यस्तो कार्य मानवता विरोधी अपराध ठहर गर्दै अन्तर्राष्ट्रिय विधि विज्ञान प्रयोगशालाद्वारा प्रदूषण मापन गर्नको लागि सम्बन्धित मन्त्रालय तथा नेपाल सरकारलाई अनुरोधसमेत गरेको छ ।

२०७१ जेठ २३ गते काठमाण्डौं महानगरपालिका र स्थानीय जनप्रतिनिधिले मध्यरातमा गरेका सहमति तीन महिनाभित्रमा अनिवार्यरूपमा कार्यान्वयन गर्नुपर्ने पनि समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ३ : ०१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.