४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

कर्णाली प्रदेश : एमालेको पहिलो अधिवेशन असोज १० र ११ गते हुँदै



कर्णाली । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन असोज १० र ११ गते हुने भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

अधिवेशनका लागि एमाले कर्णाली प्रदेशले तयारी थालिरहेको छ । अधिवेशनका लागि कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटै पालिका र पार्टीका जनवर्गीय संगठनलाई भदौ ३० गते एकै दिन प्रतिनिधि छनौट गर्ने निर्णय समेत गरि सकेको जनाइएको छ ।

प्रदेश अधिवेशनका सन्दर्भमा उप–समितिहरु गठन गरी कार्यविभाजन गरिएको एमाले कर्णाली प्रदेशले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ६ : ३७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.