९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रजातन्त्रवादी चिकित्सक संघको माग



काठमाडौं ।  प्रजातन्त्रवादी चिकित्सक संघले सञ्चो अस्पताल हेटौंडामा कार्यरत डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । महासचिव डा संयुक्त आचार्यले आज बिहीबार विज्ञप्ती जारी गरि गरि घटनामा संलग्न दोषीहरुलाई छानबिन गरी कानूनी दायरामा ल्याउन माग गरेका हुन् ।

’चिकित्सकीय सेवा प्रवाह गरिरहेका चिकित्सकमाथि यस प्रकारको ज्यान मार्ने गरी सांघातिक हमला गरेर गम्भीर घाइते बनाइनु अन्यन्तै अकल्पनीय र आततायी घटना भएको यस संघको बुझाइ छ’, विज्ञप्तिमा भनिएको छ ।

’उक्त घटनामा संलग्न दोषीहरुलाई अविलम्व छानविन गरी कानूनी दायरामा ल्याउन यस संघ जोडदार माग गर्दछ । देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ लाई अविलम्व कार्यान्वयन गरी देशभर शान्तिपूर्ण वातावरण तयार नगरिएको अवस्थामा यस संघ अप्रिय कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवार नेपाल सरकार नै हुनेछ ।’ विज्ञप्तीमा उल्लेख छ ।

सन्चो अस्पताल हेटौडामा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथी बुधबार कुटपिट भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ६ : ०० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.