काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष तोकेको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले प्रदेशमा जिम्मेवारी तोकेको हो । यसबारे अन्तरपार्टी निर्देशन पठाउँदै नेता तथा कार्यकर्तालाई जानकारी गराएको छ ।
पार्टीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारीमा घनेन्द्र बस्नेत तोकेको छ । सहइन्चार्जमा राजेन्द्र राई र देउमान सम्बाहाम्फे तथा अध्यक्षमा बलदेव चौधरी तोकिएको छ । मधेश प्रदेशको इन्चार्जमा धर्मनाथप्रसाद साह, सहइन्चार्जमा रामप्रित पासवान, रत्नेश्वर गोईत र कल्याणी खड्का तथा अध्यक्षमा रामचन्द्र यादवलाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशको इन्चार्जमा गंगालाल तुलाधार, सहइन्चार्जमा ललित बस्नेत र अध्यक्षमा सावित्रा भुसाल रहेका छन् ।
यस्तै,गण्डकी प्रदेशको इन्चार्जमा तुलबहादुर गुरुङ, सहइन्चार्जमा शारदा सुवेदी र अध्यक्षमा रामजी शर्मा रहेका छन् । लुम्बिनी प्रदेश इन्चार्जमा हरि पराजुली, सहइन्चार्जमा निर्मल सुवेदी र अध्यक्षमा सोमप्रसाद पाण्डेलाई तोकिएको छ । कर्णाली प्रदशको इन्चार्ज प्रकश ज्वालालाई दिइएको छ । सहइन्चार्ज चन्द्रबहादुर शाही, शेरबहादुर केसी र हंशबहादुर शाही तथा अध्यक्षमा अम्मरबहादुर थापालाई जिम्मेवारी तोकिएको छ ।
यता,सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गरिमा शाह, सहइन्चार्जमा रामकुमार ज्ञवाली, परमानन्द भट्ट, प्रेमबहादुर आले मगर र हनुमान चौधरी तथा अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी तोकिएको छ ।