सोलुखुम्बु । लिखपिके गाउँपालिका ३ चौलाखर्कमा एक दिने आँखा शिबिर सञ्चालन हुने भएको छ । यहि असोज ५ गते शिविर रञ्चालन हुने भएको हो ।
जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा गाउँपालिकाका आँखाका रोगीहरुलाई मध्यनजर गर्दै चौलाखर्क स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । शिविरमा मोतिबिन्दु रोगको परिक्षण गरिने छ । शिविरमा आफ्नो आँखाको चेकजाँज गरी मौकाको फाइदा लिन गाउँपालिका स्वास्थ्य शाखा संयोजक ज्ञानु कार्कीले आग्रह गरेका छन् ।
शिबिरमा मोतिबिन्दु रोग पहिचान भएका बिरामीहरुको जिल्ला अस्पताल फाप्लुमा निशुल्क अप्रेशन गरिने छ ।