१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

बाजुरा डिपोमा चामल अभाव



बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको कार्यालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिएका छन् ।

नागरिकका लागि राखिएको चामल सकिएको बताइएको छ । विपद् र कारागारका लागि मात्र चामल राखिएको र नागरिकलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले एक सूचना जारी जानकारी गराएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ३ : २७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.