काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानको अधिवेशन असोज हुने भएको छ । अधिवेशन असोजको ५ र ६ गते काठमाडौंमा हुने भएको हो ।
नेपाल क्रिकेट संघ क्यानले आज बिहीबार एक सुचना जारी गर्दै अधिवेशन असोजमा नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने जनाएको छ । यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।
अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।