३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

राष्ट्रियसभा बैठक बिहिबार दिउँसो बस्दै ।



काठमाण्डौं । संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक भोलि बिहिबार दिउँसो बस्ने भएको छ । भोलि २ बजेर ३१ मिनेटमा बस्ने भएको हो ।

बैठकमा संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । यसअघि भदौ २२ गते बसेको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको पार्थिव शरीर दुई दिन एमाले पार्टी कार्यालय च्यासलमा राखेर आज निजी निवास बालुवाटार लगिएको छ ।

नेम्वाङको भोलि बिहिबार बिहान पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताइएको छ ।
उनको निधनमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : २२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.