३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

नेम्बाङको पार्थीव शरीर एक बजेपछि च्यासलबाट निजी निवास लगिने



काठमाडौं।संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसो १ बजेपछि निजी निवास बालुवाटार लगिने भएको छ।

श्रद्धाञ्जली अर्पणका लागि मंगलबार बिहानदेखि पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा राखिएको उनको पार्थिव शरीर धार्मिक विधि पुरा गर्न निजी निवास लान लागिएको नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ।

नेम्वाङको बिहीबार बिहान मात्रै राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्ने तयारी छ। त्यसअघि धार्मिक, सांस्कृतिक तथा पारिवारिक विधिहरु पूरा गर्नुपर्ने भएकाले बुधबार दिउँसो १ बजेपछि पार्थीव शरीर निजी निवासमा राखिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए।

प्रतिनिधि सभा सदस्य एवम् एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ मंगलबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए। उनलाई मंगलबार बिहान १:५० बजे त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।नेम्बाङको निधनमा शोक मनाउन सरकारले बिहिवार शोक बिदा दिने निर्णय गरेको छ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ४२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.