३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

बिहीबारमात्रै नेम्वाङको अन्त्येष्टि गरिने



काठमाडौँ।तत्कालीन संविधानसभाका सभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा हुने भएको छ।

एमाले प्रचार तथा प्रकाशन बिभाग प्रमुख गगन बिष्टले शोक विज्ञप्ति जारी गर्दै स्व नेम्वाङको बिहीबारमात्रै अन्त्येटि गरिने जानकारी दिएका हुन्।नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले बिहीबार अन्त्येटि गरिने भएको हो ।

विज्ञप्तिमा उनको शव बुधबार १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि पारिवारिक एवम् धार्मिक संस्कारका लागि शव उनको निवास बालुवाटारमा राखिने जनाइएको छ । त्यसपछि राजकीय सम्मानका साथ बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बिष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ६ : ३५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.