सोलुखुम्बु । सोलुखुम्बुमा डेंङ्गी संक्रमितको संख्या ९ जना पुगेको छ । जिल्लामा ७ जना पुरुष र २ जना महिला गरि ९ जनामा डेंङ्गी संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सोताङ गाउँपालिका ५ का २१ वर्षीय पुरुष र ३४ वर्षीया पुरुष, सोताङ १ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ । सोलु दुधकुण्ड नगरपालिका ४ का ४२ वर्षीया महिला, ४२ वर्षीय पुरुष र १० वर्षीय बालकमा संक्रमण देखिएको छ ।
यस्तै सोलु दुधकुण्ड नगरपालिका ५ का ३४ वर्षीय पुरुष, ६२ वर्षीय पुरुष, सोलु दुधकुण्ड ११ का ५० वर्षीया महिला र ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।