३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

१९ औँ एसियन गेम्समा क्रिकेटको तालिका फेरबदल



काठमाडौं । १९ औं एसियाली खेलकुदमा पुरुष क्रिकेटको खेल तालिकामा फेरबदल भएको छ । समूह एमा रहेको अफगानिस्तानले एसियन गेम्स नखेल्ने भएपछि तालिकामा फेरबदल भएको हो ।

यसअघि सार्वजनिक भएको खेल तालिका अनुसार नेपाल समूह बीमा परेको थियो । परिवर्तित तालिका अनुसार नेपाली टिमले समूह एमा रहँदै मंगोलिया र माल्दिभ्ससँग खेल्ने छ ।

यसअघि नेपाल जापान, कम्बोडिया र हङकङ रहेको समूह बीमा थियो । एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन् ।
नेपालले एसियन गेम्सका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा टोली सार्वजनिक गरिसकेको छ ।

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : २९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.