काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय उपाध्यक्ष दिर्घबहादुर केसीले फुटबल संघ पछिल्लो अवस्थासम्म आईपुग्नुको मुख्य जिम्मेवार एन्फा नेतृत्वनै भएको आरोप लगाएका छन् ।
उनले नेतृत्वले संयमता र लचकता अपनाउन नसक्दा नेतृत्वविरुद्ध एन्फामा अविश्वासको प्रस्ताव दर्ता हुने अवस्था सिर्जना भएको बताएका छन् ।
एन्फामा अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र महासचिव किरण राईविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता भएको छ ।
एन्फाका ४९ सदस्यहरुले हस्ताक्षर सहित एन्फा नेतृत्व र महासचिवविरुद्ध कार्यसम्पादन गर्न नसकेको १९ वटा आरोप सहित अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
उपाध्यक्ष केसीले क्लबहरुलाई बाहिर राखेर फुटबल चलाउन खोज्दा नेतृत्व संकटमा फसेको उल्लेख गरेका छन् ।