१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा



काठमाण्डौ । उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा गएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि किम सोमबार रेल मार्फत रुस भ्रमणमा गएका हुन् ।

नेता किमँंग उत्तर कोरियाका उच्च अधिकारीहरु समेत रुस गएका छन् । उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत हुनसक्ने अमेरिकी अधिकारीहरुको दाबी छ ।

किम कोरोना महामारी पछि पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ५१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.