काठमाण्डौ । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको उनले बताएका छन् । सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै असोज २ गते गते पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले बताएका छन् ।