३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङलाइ सामाजिक संजालमा भाबुक स्टाटस लेख्दै स्मरण गरेका छन ।



काठमाडौं । सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक संजालमा भाबुक स्टाटस लेख्दै स्मरण गरेका छन ।

आलीले सामाजिक सञ्जालमा लेखेका छन् -मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।श्रद्धाञ्जली सुवासजी !

बाथरुममा बेहोस भएका उनलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको गएराति निधन भएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ५० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.