३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको तयारी



काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ ।


सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेका छन् ।

केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.