३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने



काठमाडौं ।  हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।

बालुवाटारस्थित आफ्नो निजी निवासमा नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।

नेम्वाङको पार्थिव शरीर आज र भोलि श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार गरिने भएको छ ।

 

 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ८ : ३२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.