५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसहित ७ जनाविरुद्ध प्रक्राउ पुर्जी जारी



काठमाण्डौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष जितेन्द्रबाबु राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बचतकर्ता अर्बौ रकम हिनामिना गरेको आरोपमा उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीले राई सहित ७ जनाविरुद्ध पक्राउ अनुमति लिएको छ ।

राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत हुन् । रकम फिर्ता नगरेको र बचत रकम हिनामिना गरेर फरार भएको भन्दै सञ्चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा नौ सय ७१ जनाले उजुरी दिएका थिए ।

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ०२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.