३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारी आन्दोलनमा उत्रिए, जाँचपास ठप्प



काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । साउन २ गते विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ । भोलि पनि सेवा अवरुद्ध हुने उनीहरुको भनाई छ ।

विमानस्थल भन्सारमा समातिएको तस्करीले ६० केजी सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरूले सेवा ठप्प पारेका हुन् । सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरूमाथि धरपकड गरेको उनीहरूको भनाइ छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अहिलेसम्म छ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ४ : ४० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.