३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

धरानेहरुको साझा संगठन ‘हामी धराने काठमाडौं’को आयोजनामा तीजको दर कार्यक्रम सम्पन्न



काठमाण्डौ । काठमाण्डौंमा रहेका सुनसरीका धरानेहरुको साझा संगठन ‘हामी धराने काठमाडौं’ले तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा दर तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

भदौ २३ गते शनिबार सम्पन्न भएको उक्त कार्यक्रम काठमाडौं आनन्दनगर स्थित दियो ब्यांक्वेटमा सम्पन्न भएको थियो ।
कार्यक्रम संयोजक सरिता गौतमको सभापतित्वमा सम्पन्न ‘हरितालिका तीज– २०८० शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम’ मा धराने महिला दिदिबहिनीहरुलाई आमन्त्रण गरी दर खुवाइएको संस्थाका तदर्थ समितिका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

संयोजक श्रेष्ठका अनुसार तीजको दर खाने कार्यक्रमले उपत्यकामा छरिएर रहेका धरानबासीहरुलाई एकै ठाउँमा भेला गरेर दुःखसुख साटिएको हो । धरानका चेली गायिकाद्वय मथुरा श्रेष्ठ र लोचन भट्टराईको प्रमुख आतिथ्यतामा २ सयभन्दा बढी धराने महिला दिदीबहिनीहरुलाई दर खुवाइएको समाजसेवी तथा संचारकर्मी जानकी बज्राचार्यले जानकारी दिइन् ।
कार्यक्रमलाई सफल बनाउन संयोजक समितिका सदस्यहरु सरिता गौतम, शशी शर्मा, सुमी कर्माचार्य, पुजन न्यौपाने, जानकी बज्राचार्यलगायतको विशेष भूमिका रहेको जनाइएको छ ।

यस्तै तदर्थ सदस्य समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, सदस्य संगम श्रेष्ठ, प्रदिप थापा, अनु भक्त श्रेष्ठ र विनोद राजवंशि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : १८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.