५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

शेर्पा संघ मलेसियाको अध्यक्षमा ङवाङ नुरी शेर्पा चयन



काठमाण्डौ । शेर्पा संघ मलेसियाको अध्यक्षमा ङवाङ नुरी शेर्पा चयन भएका छन् । मलेसियामा आज आइतबार सम्पन्न विशेष भेला मार्फत ङवाङ नुरी शेर्पाको नेतृत्वमा ३० सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा मिङमा लामा शेर्पा (ताप्लेजुङ्ग), उपाध्यक्षहरु जेनि शेर्पा (भोजपुर), पेम्बा ग्याल्जेन शेर्पा (सोलुखुम्बु),आङ फुर्बा शेर्पा (ओखलढुंगा),पासाङ शेर्पा (दोलखा) र काजी शेर्पा (ओखलढुङ्गा) चयन भएका छन् । महासचिवमा लाक्पा गेल्बु शेर्पा, सचीवहरु आङ ङिमा शेर्पा (संखुवासभा), पेम्बा शेर्पा (भोजपुर) चयन भएका छन् ।

कोषाध्यक्षमा मेदोङ्मु शेर्पा, प्रबक्तामा तेम्बा शेर्पा (संखुवासभा) रहेका छन् ।

सदस्यहरु : कर्मा शेर्पा ओखलढुंगा, छिरिङ शेर्पा भोजपुर, फुल कुमार शेर्पा संखुवासभा, निमा शेर्पा भोजपुर, ङावाङ तेन्जी शेर्पा ताप्लेजुङ्ग, पासाङ शेर्पा भोजपुर, डोमा शेर्पा (खुसी )ओखलढुंगा, छिरिङ शेर्पा भोजपुर, कल्देन शेर्पा सोलुखुम्बु, फुर्बा शेर्पा सोलुखुम्बु,लाक्पा शेर्पा तेह्रथुम, फिन्जु शेर्पा,निम लामु शेर्पा भोजपुर, डोल्मा शेर्पा सोलुखुम्बु, मिङमा शेर्पा सोलुखुम्बु, याङ्की शेर्पा ओखलढुंगा, मिङमा शेर्पा सदस्य सोलुखुम्बु, पेम ङावा शेर्पा ओखलढुंगा, दावा शेर्पा ओखलढुंगा गरि ३० जनाको समिति गठन भएको हो ।

समुदायमा सामाजिक र राजनीतिक चेतना जगाउने उद्देश्यले संस्थाको स्थापना गरेको शेर्पा संघ मलेसियाका अध्यक्ष ङवाङ नुरी शेर्पाले जानकारी दिए । शेर्पा संघ मलेसियाको राजनीतिक चेतनाको विकास तथा सहभागिता लगायतको गतिविधि गर्न पाउने गरी दर्ता गर्ने समेत बताइएको छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.