काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले नेपालका सवै राजनीतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारको अनुकरण गर्दै आएको दावी गरेका छन् । बिपीको विचारमा आकर्षित मात्र नभइ अनुकरण नै गर्दै आएको दाबी गरेका छन् ।
आज आइतबार बिपीको ११० औँ जन्मजयन्तीको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित बिपी साहित्य कार्यक्रमलाई सम्बोधन गर्दै बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडिरहेको बताएका छन् ।
आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्न महोत्सव महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरेका छन् ।