६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

माप्यदुधकोशी गाउँपालिका देखि थामडाँडासम्मको सडक सरसफाईको काम सुरु



सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने माप्यदुधकोशी गाउँपालिका देखि थामडाँडासम्मको सडक सरसफाईको काम सुरु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा काम सुरु भएको हो ।

दुधकोसीदेखि थामडाँडासम्मको सडक सरसफाई, पहिरो पन्छाउने, खाल्डा खुल्डि र हिलो हुने ठाउँमा रोडा लगाउनेलगायतको काम सुचारु भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै बर्षाका कारण पहिरोले अवरूद्ध बनेको माप्य–खुम्बु मितेरी पुलको जुभिङ क्षेत्रको सडकको काम भने तत्काल सुचारू गर्न सकिने अवस्था देखिदैन । सडकमा पहिरो गएका कारण स्थानीयलाई आवतजावत गर्न समस्या भएको बताइएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ४ : २१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.