काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणबारे छलफल गरेका छन् । पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, नेपाल सरकारका परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरु लगायतसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा आज बिहान छलफल भएको थियो । उनले चीन भ्रमणका एजेन्डाबारे छलफल गरेको र सुझाब मागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदै छन् । असोज ४ गते उनले महासभालाई सम्बोधन गर्नेछन् । र त्यहीबाटै चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ ।