सुनसरी । राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशको प्रथम अधिवेशनबाट अरुण गुरुङको अध्यक्षमा ८९ सदस्यीय कमिटी गठन भएको छ। भदौ २३ र २४ गते धरानमा भएको अधिवेशनले ८९ सदस्य कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा जयप्रकाश रायमाझी,सचवमा विनोद राना,सहसचिवमा निरजमान सिंह बस्नेत, सहसचिवमा शरण फागो,कोषाध्यक्ष दिपेन्द्र घिसिगं तामाङ, प्रवक्ता मनोज राय,युथ फ्रोस प्रमुखमा राजन बानिया,साइबर सर्कल प्रमुख सागर पोखरेल,विज्ञ युवा परिषद दिनेश खड्का,महिला विभाग प्रमुख पार्वती तामाङ,संगठन विभाग प्रमुख आन्नद राई चयन भएका छन् ।
कार्यक्रम संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख अतिथ्यता, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा राष्ट्रिय युवा नेपालका इन्चार्ज महेश बस्नेतलगायत कोशी प्रदेशका शिर्ष नेताहरूको उपस्थितिमा सम्पन्न भएको छ ।