काठमाण्डौ । गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्याली निकालिएको छ । वैदिक सनातन धार्मिक महासंघको आव्हानमा आज शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो ।
र्यालीमा सहभागी भएकाहरूले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी गरेका थिए । नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरुले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको र्यालीमा सहभागीहरूले बताएका छन् ।