३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

२ सय ८४ जनाले लिए शरद ऋतुमा हिमाल आरोहण अनुमति



काठमाण्डौ । हिमाल आरोहणका लागि २ सय ८४ जनाले अनुमति लिएका छन् । यस बर्षको शरद ऋतु असोज र कार्तिक मा हिमाल आरोहणका लागि २ सय ८४ जनाले अनुमति लिएका हुन् ।

पर्यटन विभागका अनुसार ४४ मुलुकका ६० जना महिला र २ सय २४ जना पुरुषले अनुमति लिएका छन् । यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १ सय ६३ मिटर उचाइको मनास्लु आरोहणका लागि अनुमति लिएका छन् ।

मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा आकर्षक समय शरद ऋतुलाई मानिन्छ । यस वर्ष मनासलु हिमाल आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) को जिम्मा इम्याजिन नेपालले लिएको छ ।

यस्तै अन्य रक्सा उराई, पुठा हिउँचुली, कुम्भकर्ण, हिमलुङ, नेमजुङलगायत हिमाल आरोहण गर्ने छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : २३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.