६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

थुलुङ दुधकोशी ७ मा ढाका उत्पादनको सुरु, गाउँमा नै रोजगारीको अवसर



सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिँदै गाउँमा नै स्वदेशी ढाका उत्पादन सुरु भएकोे छ । गाउँपालिकाको अनुदान सहयोगमा वडा नंम्बर ७ मा स्वदेशी ढाका उत्पादन सुरु भएको हो ।

गाउँमा रुमाल तथा अतिथि सत्कारमा प्रयोग गर्न सकिने मफलर, चोली,सर्ट,रुमाल, खादा,साडिलगायतका सामाग्री उत्पादन भइरहेको वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनु भएको छ ।

स्थानीय उत्पादनहरुलाई बढावा दिने गाउँपालिकाको नीति अनुरुप अब गाउँमै स्वदेशी ढाकाबाट विभिन्न सामाग्री तयार हुने भएपछि अतिथिका लागि खदा किन्न नपर्ने गाउँपालिका अध्यक्ष असिम राईले बताउनु भएको छ । पालिकामा नै अतिथि सत्कारका सामग्री निमार्ण हुदा आन्तरिक आयआर्जनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

ढाका उत्पादनलाई व्यवसायिक रुप दिँदै बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्ने वडा अध्यक्ष कार्कीको भनाइ छ । अहिले वडाका १५ जना महिलाहरुले रोजगार पाइरहेका छन् । स्थानीय उत्पादनमा जोड दिँदै यसलाई निकट भविष्यमै उद्योगको रुपमा अगाडि बढाएर रोजगारी सिर्जना गर्ने तयारी गरेको वडा अध्यक्ष कार्कीले बताउनु भएको छ ।

वडाका महिलाहरुलाई लक्षित गरि उनीहरुको आयआर्जनमा सुधार गर्ने उद्देश्यले ढाका उत्पादन सुरु गरेको वडाले जनाएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ५ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.