काठमाण्डौ । मलेसियामा शेर्पा संघ गठन हुने भएको छ । मलेसियामा बसोबास गर्ने शेर्पाहरुको हक, हित र अधिकारको लागि शेर्पा संघ मलेसियाले संघ गठन गर्न लागेको हो ।
आइतबार (सेप्टेम्बर १०) मा शेर्पा संघ गठन हुने भएको छ । शेर्पाहरुलाई मलेसियामा राजनीतिको मुलधारमा समहित गराउने महत्वपुर्ण कार्य गरिने छ ।
यस्तै प्रवासमा रहेर शेर्पा जातिको भाषा, संस्कार, संस्कृतिको निरन्तर विकास, आम नेपाली र शेर्पा समुदायको वृहत्तरहित तथा उन्नतीका लागि निरन्तर क्रियाशील हुने शेर्पा संघ मलेसिया तदर्थ समितिका संयोजक ङवाङ नुरी शेर्पाले जानकारी दिएका छन् । कार्यक्रम मलेसिया के एल नर्ना हल कोतारायमा हुने छ ।
समितिका संयोजक शेर्पाका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । उक्त कार्यक्रम १०० जान भन्दा बढी शेर्पाहरुको उपस्थिति हुने बताइएको छ ।