सुर्खेत । जाजरकोटको भेरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको टोलिमाथि आक्रमण भएको छ । वडा नम्बर ५ स्थित वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेका टोलिमाथि आक्रमण भएको हो ।
स्थानीय चक्रबहादुर मल्लसहितका ४ जनाको समूहले अख्तियार कर्मचारीमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते भएका जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले जानकारी दिएका छन् ।
आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ । अख्तियारका ५ जनाको टोली त्यहाँ गएको थियो । मुचुल्कामा सही गर्ने विषयमा विवाद हुँदा अख्तियारको टोलीमाथि आक्रमण भएको थियो ।
टोली जाजरकोटका योजना अनुगमणका लागि त्यहा पुगेका थिए ।