३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

जनकपुरमा २० लाख भन्दा बढी रकम सहित एक युवक पक्राउ



जनकपुरधाम । जनकपुरधाममा एक भारतीयबाट २० लाख रुपैयाँ बरामद गरिएको छ ।

जनकपुरधाम–४ स्थित सडकमा चेक जाँच गर्दा भारत विहार राज्यको दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० बर्षीय राजेश साहको संगबाट २० लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।उनी भारतबाट नेपाली रुपैयाँ पैठारी गरी आफ्नो साथमा ल’काई छिपाई ओसार पसार गरी ल्याई रहेको विशेष सूचनाको आधारमा मातहतका प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्दा सो रकम बरामद गरिएको छ ।
साहमाथि शंका लाग्दा कानूनी रितपूर्वक शरीर तथा बोकेको झोला समेतको खानतलासी गर्दा उनले लगाएको पाईन्टको अगाडीको दाहिने खल्तिबाट ९८०३४५२३५८ नम्वरको सिमकार्ड सहित ओप्पो मोवाइल एक थान र उनले बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम एक हजार दलको नोट १८ सय ५० थान र पाँच सय दलको नोट ४ सय थान गरी कुल २० लाख ५० हजार रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बरामद गरिएको रकम सहित साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि आजै भन्सार कार्यालय जनकपुरधाम पठाइएको प्रहरी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ७ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.