६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सोलुखुम्बुमा कर्मचारी व्याटमिन्ट प्रतियोगिता जारी



सोलुखुम्बु । सोलुम्बुमा निजामती सेवा दिवसको अवसरमा आजबाट व्याटमिन्टन प्रतियाता सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा व्याटमिन्टन प्रतियोगिता सुरु भएको हो ।

“व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” नाराका साथ आज शुक्रबार निजामती सेवा दिवस मनाइएको छ । उक्त दिवसको अवसरमा जिल्ला स्तरीय निजामती कर्मचारी पुरुष, जिल्ला स्तरीय निजामती खुल्ला महिला डबल र जिल्ला स्तरिय निजामती खुल्ला पुरुष डबल गरि ४६ टिम सहभागी भएका छन् ।

जिल्ला स्तरीय निजामती कर्मचारी पुरुष डबलतर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई तीन हजार, दुई हजार र एक एक हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । जिल्ला स्तरीय निजामती खुल्ला महिला डबलतर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश तीन हजार, दुई हजार, एक एक हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

यसैगरि जिल्ला स्तरीय निजामती खुल्ला पुरुष डबलतर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश पाँच हजार, तीन हजार, दुई हजार दुई हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल २२ र २३ गते दुइ दिन हुने छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ६ : ३७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.