३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

प्रेस सेन्टर सोलुुको संयोजकमा अन्जु कार्की



सोलुखुम्बु । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सोलुखुम्बुको विशेष भेलाले अन्जु कार्कीको संयोजकत्वमा ९ सदस्य समिति गठन गरेको छ । बिहिबार सम्पन्न प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सोलुखुम्बुको जिल्ला अधिवेशनले नयाँ समिति गठन गरेको हो ।

समितिको सदस्य सचिवमा मिङमार तामाङ, सदस्यहरुमा सबिना राई, अन्जिता राई, दोर्जी तामाङ, एलिसा शेर्पा, बेशिल नाछिरिङ र मनुहाङ राई चयन भएका छन ।

जिल्ला इन्चार्जमा धन बल राई र प्रदेश समितिमा तेज किराँती सिफारिस हुनुभएको छ । प्रेस सेन्टर नेपाल कोशी प्रदेशका अध्यक्ष विनोद घिमिरेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ५ : ५१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.