काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)ले मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउने उद्देश्यले यो अभियान गर्न लागेको हो ।
अभियान आगामी असोज १४ मेचीबाट सुरु भएर असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुनेछ । अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने बताइएको छ ।