६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको अध्यक्षमा अधिकारी चयन,नेता महेश बस्नेतले दिए बधाई



काठमाण्डौ । राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको अध्यक्षमा लवराज अधिकारी चयन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको ऐतिहासिक प्रथम अधिबेशनबाट अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।उपाध्यक्षमा विशाल शाह शंकर, सचिवमा अशोक महतो, सहसचिवमा ओमप्रकाश शाह,सहसचिव नुरुल्ला अन्सारी, कोषाध्यक्षमा सुदर्शन काफ्लेलगायत ६३ सदस्य प्रदेश कमिटीमा चयन भएका छन् ।

यस्तै कमिटीमा चयन भएका सम्पुर्ण सदस्यलाई नेकपा एमाले स्थायी कमिटी सदस्य तथा राष्ट्रिय युवा नेपालका इन्चार्ज महेश बस्नेतले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ५ : ३५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.