काठमाडौं । इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अवार्ड खोसिएको छ । आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको भिडियो बाहिरिएपछि उनको अवार्ड खोसिएको हो ।
हालै आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज तथा भिडियो सार्वजनिक भएको थियो । अकाउन्ट विलिटी ल्याब नेपालले सन् २०१९ मा पाएको अवार्ड महिला कर्मचारीसँगको अमर्यादित भिडिओ सार्वजनिक भएसँगै फिर्ता गरेको हो ।
त्यसअघि उनीसँग सो संस्थाले स्पष्टीकरण लिएको थियो । उनले आफनो अवार्डका बारेमा निर्णय गर्ने अधिकार संस्थासँग रहेको भन्ने जवाफ दिए पछि सो संस्थाले उनको अवार्ड फिर्ता लगेको हो ।