६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

महिला टी–२० विश्वकप छनोट-सेमिफाइनलमा नेपाल र थाइल्याण्ड मैदानमा



काठमाडौं । नेपाल र थाइल्याण्ड आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलिरहेका छन् ।

मलेसियामा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि थाइल्याण्डले ब्याटिङ गरिरहेको छ ।समूह चरणको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई हराउँदै समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल खेलेका हुन् ।

नेपाल आजको खेलमा जित निकाल्दै महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा पहिलो पटक स्थान बनाउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ ।अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ८ : ३५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.