काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले भदौ ४ गते लिएको विश्वसाको मतलाई बदर गर्दै नेकपा एमाले कोशी प्रदेश संसदीय द्लका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ (३) बमोजिम ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन आदेश दिएको हो।
थापाले प्रदेशसभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसमेतले मतदान गरी न्युनतम ४७ मत पुर्याइएको थियो।
१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।