९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

चिनियाँ राजदुतलाई फिर्ता गर्न माग गर्दै काठमाण्डौमा प्रदर्शन



काठमाण्डौ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चिनियाँ राजदूतलाई फिर्ता गर्न माग गरिएको छ । नेपालको आन्तरिक मालिलामा हस्तक्षेप गरेको भन्दै राजदुत छन् सोङलाई फिर्ता गर्न माग गरिएको हो ।

राष्ट्रिय एकता अभियानले बिहीबार काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्दै राजदूतलाई फिर्ता गर्न माग गरेको हो ।
अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको विरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिँदैन, देश डुबाउन पाइँदैन, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावादलगायतका नारा लगाएका थिए ।

चिनियाँ राजदूतले गैरकूटनीतिक अभिव्यक्ति दिएर नेपाल–भारत सम्बन्धमाथि प्रहार गरेको प्रदर्शनकारीहरुको भनाइ छ । चीनले आफ्नो रणनीतिक योजनाको लागि नेपालमाथि ऋणको भारी बोकाएको भन्दै चिनियाँ राजदूत नेपाल–भारतबीचको सम्बन्ध विगार्न भूमिका खेलिरहेको उनीहरूको आरोप छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ७ : ३७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.