सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा १ दिने निःशुल्क दन्त शिविर सञ्चालन हुने भएको छ । वीपी कोइरालाको जन्म जयन्तीको अवसरमा शिविर सञ्चालन हुने भएको हो ।
भोलि शुक्रबार वीपी विचार राष्ट्रिय समाज सोलुखुम्बुको आयोजना तथा ॐ चावहिल डेन्टल हस्पिटलसँगको सहकार्यमा शिविर सञ्चालन हुने भएको छ । टाढा टाढाका विरामीहरुलाई लक्षित गरि गाउँमा नै सेवा दिने उद्देश्यले शिविर सञ्चालन गर्न लागेको समाजका सदस्य बाबुराम आचार्यले जानकारी दिएका छन् ।
शिविरमा दन्त परिक्षण, दाँत सफा गर्ने र झिक्नेलगयातका सेवा प्रदान गरिने छ । यस्तै विरामीको चापलाई मध्येनजर गरि शिविर एक दिन थप गर्न सकिने समेत आयोजकले जनाएको छ ।
नेचासल्यान गाउँपालिका ३ मा रहेको हिमाल दर्शन माविमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा हुने शिविरको बिहान ७ बजे नेपाली काङ्ग्रेस पर्यटन विभागका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले उद्घाटन गर्ने छन् ।