सुनसरी । सुनसरीको धरान उपमहानगर–१५ मा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । उपमहानगर बाझगरास्थित मदन आश्रित मार्गमा आज बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको हो ।
दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्किँदा घरमा आगलागी भएको होे । आगलागिबाट दराजमा राखेको गरगहना, नगद, र अन्य महत्त्वपूर्ण सामानसहित लाखौंको धनमाल नष्ट भएको बताइएको छ ।
धरानका तीनवटा दमकल तत्काल प्रयोग गरि आगो नियन्त्रणमा आएको हो ।