६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

वडा अध्यक्षको निधन : काठमाण्डौं महानगरमा भोलि शोक बिदा



काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिने भएको छ । वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरले भोलि शुक्रबार शोक विदा दिने भएको हो ।

आज बिहिबार महानगरपालिका प्रशासन विभागका विभागीय प्रमुख दीपक अधिकारीले जारी गरेको सुचनामा भोलि महानगरभित्र विदा दिने उल्लेख छ । रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी गत आइतबारदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी २ पटक निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ४ : ४२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.