सोलुखुम्बु । सोलुखुम्बुमा निजामती दिवसको अवसरमा व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । भदौ २२ र २३ गते निजामती कर्मचारीहरुको व्याटमिन्टन प्रतियोगिता हुने भएको हो ।
“व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन” भन्ने मुल नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको छ । साथै व्याटमिन्टन प्रतियोगिता पनि गर्ने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । पत्रकार सम्मेलन गर्दै प्रशासनले सो कुरा जानकारी गराएकोे हो ।
प्रतियोगिता सोलुखुम्बु जिल्ला स्तरिय निजामती कर्मचारी पुरुष डवल, सोलुखुम्बु जिल्ला स्तरीय खुल्ला महिला डवल, सोलुखुसम्बु जिल्ला स्तरीय खुल्ला पुरुष डवल गरि ३ विधामा आयोजना गरिने भएको छ ।
२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सोलुखुम्बुका कर्मचारिले भाग लिन पाउने बताइएकोछ । प्रतियोगितामा तीनै विधाका सहभागी खेलाडीहरुलाई पुरस्कार क्रमशः ३ हजार, २ हजार १ हजार रुपैयाँको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने व्याडमिन्टन प्रतियोगिताका कार्यक्रम संयोजक महेश भण्डारीले जानकारी दिएका छन् ।
प्रतियोगिता सञ्चालनका लागी पविधिक सहयोग सोलुखुम्बु व्याडमिन्टन संघले गर्ने छ भने बिशेष सहयोग योङ्ग स्टार क्लव सोलुखुम्बुले गर्ने भएको छ ।